नियम ४४
जिल्ला विकास समितिमा रहने खाता सम्बन्धी व्यवस्था
(१) जिल्ला विकास समितिले
ऐन तथा यस नियमावली बमोजिम खोल्ने खाताहरु, खाताको वर्गीकरण र सो सम्बन्धी
अन्य कुराहरु मन्त्रालयले व्यवस्था गरे बमोजिम हुनेछ ।
(२) जिल्ला विकास समिति कोषको खाता ऐनको दफा २२२ मा उल्लेख भए
अनुसार सचिव र लेखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन गराउनु पर्नेछ ।
जिल्ला विकास समितिका अन्य खाता सचिव वा निजले तोकेको अधिकारी र लेखा
प्रमुख वा निजले तोकेको लेखाको कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन गराउनु
पर्नेछ ।